Comments Add Comment

पार्टीको होइन, एनआरएनएको झण्डा बोक्छुः त्रिलोक गुरुङ

क्वालालम्पुर । गैरआवासीय नेपाली संघका सल्लाहकार एवं आसन्न साधारणसभामा महासचिव पदका उम्मेदवार यमकुमार गुरुङ (त्रिलोक)ले आफूले कुनै दलको झण्डा नबोकेर एनआरएनएको झण्डा बोकेको बताएका छन् ।

स्थापनाकालदेखि गैरआवासीय नेपाली संघमा सक्रिय रहेका गुरुङले क्वालालम्पुरमा एनआरएनए प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै एनआरएनएको काम, लक्ष्य र मर्म बुझेकाले आफूले कहिल्यै पनि राजनीतिक दलको झण्डा बोक्न आबश्यक नदेखेको बताए ।

एनआरएनहरुले देशलाई समृद्ध बनाउन खेलेको भूमिका उल्लेख गर्दै गुरुङले भने, ‘एनआरएए हाँक्न भावनासँगै प्रतिबद्धता पनि चाहिन्छ, त्यो भएन भने हामीले हात हालेका चुनौतीपूर्ण कामहरु पूरा हुन सक्दैनन् ।’

त्यही प्रतिबद्धताका कारण आफू ९ पटकसम्म लाप्राक नमूनाबस्ती स्थल पुगेर स्वयंसेवा गरेको जानकारी दिँदै गुरुङले भूकम्पका बेला आपतकालिन राहत वितरण, बाढीपीडितलाई राहत वितरण, संघको भवन निर्माण लगायतका काममा खटन पनि मातृभूमीप्रतिको दायित्ववोध र भावनाले प्रेरित गरेको बताए ।

संस्थालाई अझै बिश्वासिलो र भरोसायोग्य बनाउन भिजन २०२० एण्ड बियोण्डलाई पारित गर्दै कार्यान्वयन गर्नुको विकल्प नभएको उनले बताए ।

महासचिवका रुपमा काम गर्दा आफूले नेपालमा सीप र पूँजी लगानी, बैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन, मलेसियाको जेलमा रहेका नेपालीको घरफिर्ति, बैदेशिक रोजगारीमा आउनुअगाडि सीप तथा परामर्श लगायतका कामलाई प्राथमिकता दिने उनले बताए ।

एनआरएनको विश्व सम्मेलन अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हँुदैछ । विश्वका ७७ मुलुकमा स्थापना भैसकेको एनआरएनमा मलेसियामा मात्रै १ हजार २२५ जनाले सदस्यता लिएका छन् । सम्मेलनमा मलेसियावाट १०१ जनाले सहभागिता जनाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment