Comments Add Comment

कांग्रेसभित्र नयाँ खिचडी पाक्दैछः सचिव भट्टराई

२१ असोज, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले विदेशी शक्तिले कांग्रेसभित्र नयाँ खिचडी पकाइरहेको दाबी गरेका छन् ।

एमालेले माओवादी र नयाँ शक्तिसँग गरेको वाम एकताबाट तर्सिएको कांग्रेसले मन्त्री हटाउने, संसद विघटन गर्ने र चुनाव स्थगित गर्ने प्रयास थालेको उनले बताए ।

प्रेस चौतारी ताप्लेजुङले शनिबार विहान सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले विदेशीको आडमा यस्तो खेल खेले प्रधानमन्त्री शेरबहादुर देउवासँगै सिंगो कांग्रेसका लागि घातक हुने चेतावनी दिए ।

यो दुई महिनाका लागि एमाले सरकार परिवर्तनमा नलाग्ने बताउँदै उनले ढुक्क भएर प्रदेश र प्रतिनिधिसभा चुनावमन लाग्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

दुई तिहाई बहुमतसहित पुसको पहिलो हप्ता एमालेले सरकार बनाउने उनको दाबी छ । मंसिरको चुनावपछि केन्ऽ र प्रदेश सबैतिर वामपन्थी नेतृत्वको सरकार गठन गर्ने बाहेक एमालेको अरु लक्ष्य नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment