Comments Add Comment

‘आत्मा’सँग बस्दा पनि डराउँदिनन् यी युवती, तस्वीर हेर्दैमा होस उड्छ

कुनै प्रेतात्मा वा भूत भन्ने बित्तिकै डर लाग्दछ । तर यो दुनियाँमा एउटा यस्ती युवती छिन् जो यस्ता डरलाग्दा भुतात्मासँग बस्न सिकेकी छन् ।

यी युवतीको नाम हो, रेबिका । उनी आफ्नो कुकुरसँग घरमा बस्छिन् । उनको घरमा दिनहुँ अनौठो खालको आवाज आउँछ । घरमा पहिले बस्ने गरेको कुनै मानिसको जस्तो हुन्छ रे आवाज । हालै एक दिन उनी आफ्नो कुकुरसँग सुतेकी थिइन् । अचानक कुकुरको आँखा खुल्यो र उसले कुर्सीतर्फ घुरेर हेर्न थाल्यो ।

त्यसबेला रातको २ बजेको थियो । अचानक टेलिभिजन आफैं अन भयो र बज्न थाल्यो । उनन तत्कालै आफ्नो मोबाइल फोनबाट केही फोटा खिचिन् । जब उनले तस्वीर हेरिन् तब झसंग पार्ने खालका थिए । तस्वीरमा कोही व्यक्ति कुर्सीमा बसेको जस्तो देखिन्थ्यो ।

यद्यपि, रेबिकाका छिमेकीहरुले भने उनको घरमा असाधारण घटनाहरु हुने गरेको भन्दै घरमा भूत रहेको हुनसक्ने बताउँछन् । त्यसैले भूतको पहिचान गर्नसक्ने मानिस ल्याएर घरको निरीक्षण गर्न लगाउन छिमेकीहरुले रेबेकालाई अह्राउने गर्दछन् ।

रेबिकाको बुवाको सन् २०१२ मा हृदयाघातका कारण मृत्यु भएको थियो । त्यसबेला उनी ४४ वर्षका थिए । आफू घरमा भएको बेला आफूलाई कसैले घुरेर हेरेको अनुभूति हुने गरेको रेबिका बताउँछिन् । आफ्ना बुवाले नै आफ्नो सुरक्षा गर्न आफ्नो वरिपरि आएको हुनसक्ने उनको विश्वास छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment