Comments Add Comment

देउवा सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय

२३ असोज, काठमाडौं । राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । साथै चुनावमा कांग्रेसहितका दलसँग तालमेल गर्ने भएको छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठकले विपक्षी दल एमालेसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने ठहर छ ।

चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय छ । उसले सरकारलाई समर्थन गरेको पत्र संसद सचिवालय र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

राप्रपाले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको नेताहरुले बताएका छन् ।

राप्रपा सरकारमा गएमा माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । सत्तामा बसेर विपक्षीसँग सहमति गरेर सरकारमा बस्ने नैतिक अधिकार माओवादीले गुमाइसकेका टिप्पणी सत्तारुढ दलका नेताहरुले गरेका छन् ।

माओवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता नलिने र नयाँ सरकार नबनाउने बताएको छ ।

राप्रपाको बैठकले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने पनि निर्णय लिएको छ । राप्रपाले झापा, मकवानपुर, बाँके र दैलेखसहित ७ प्रतिनिधिसभाको सिट लिनेछ ।

उसले सुरुमा १५ सिट मागेको थियो । तर, ७ सिटमा सहमति भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment