Comments Add Comment

चितवन जिसस प्रमुखमा एमालेका कृष्णकुमार विजयी

२५ असोज, चितवन । चितवन जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार भरत अधिकारीलाई ८ मत अन्तरले हराए ।

डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् । जिससको चुनावमा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । स्थानीय चुनावमा भने माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।

वाम गठबन्धन गर्दै पार्टी एकता गर्ने निर्णय गरेका एमाले र माओवादीले त्यसको प्रारम्भिक सुरुवात चितवन जिससबाट गरेका छन् ।

चितवन जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकाका प्रमुख र उपप्रमुख जिससका मतदाता हुन् । चितवनका ७ स्थानीय तहका १४ पदमध्ये एमालेको ९, कांग्रेसको ३ र माओवादी केन्द्रको २ भोट थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment