Comments Add Comment

नेप्सेमा झिनो सुधार, लाभांशले चिलिमेमा आकर्षण


२५ असोज, काठमाडौं । नेप्से परिसूचकमा बुधवार झिनो अंकको सुधार देखिएको छ । नेप्से ३.३६ अंकले बढेर १५०५ विन्दुमा आइपुगेको छ ।
यस दिन कारोबार रकम १ करोडले बढेर ३२ करोडमा सिमित भएको छ । कारोबारमा आएका जलविद्युत्, बिमा र ‘अन्य’ समूहको परिसूचकमा भएको सुधारले नेप्सेलाई वृद्धिको बाटोमा डार्याएको हो ।
चिलिमे हाइड्रोको २५ प्रतिशत लाभांश हात पार्ने अन्तिम दिन नजिकिएपछि (असोज २६) कम्पनीको सेयर कारोबार बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा चिलिमे अग्रस्थानमा रह्यो । कम्पनीको ३ करोड रुपैयाँको सेयर किनबेच भयो । यता, रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि करिब ७ प्रतिशतले बढेको छ ।

यद्यपी जलविद्युत् समूहमा खानी खोला र बरुण हाइड्रोपावरको सेयर मूल्य भने घटेको छ । बिमा कम्पनीहरुमा प्रुडेन्सियल, नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment