Comments Add Comment

नेप्सेका अधिकृत साउदले गरे पदभार ग्रहण


२६ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका चन्द्रसिंह साउदले बुधवारबाट पदभार ग्रहण गरेका छन् । उनले नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यारम्भ गरे ।

नेप्सेमा कार्यरत कर्मचारीहरु सँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment