Comments Add Comment

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने विव्यसको निर्णय

२६ असोज,दार्चुला । दार्चुलाको नौगाडमा विद्यालयमै छात्रालाई दुर्व्यवहार गरेको आरोप एक जना शिक्षक पक्राउ परेका छन् ।

नौगाढ गाउँपालिका-१ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको शैचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई  कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुर्व्यवहार गरेको भनी उनका दाईले प्रहरीमा उजुरी दिएका थिए ।

शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment