Comments Add Comment

‘इनास अवार्ड’मा विपिन र श्रृजना उत्कृष्ट, ‘जात्रा’ उत्कृष्ट फिल्म(फोटो फिचरसहित)


काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको ‘पाँचौ इनास फिल्मी अवार्ड’मा चलचित्र ‘जात्रा’ उत्कृष्ट ठहरिएको छ । एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा चलचित्र ‘जात्रा’बाटै विपिन कार्कीले ‘सर्वोत्कृष्ट नायक’को उपाधि हात पारे । यस्तै, चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् ।

२० विधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड भने चलचित्र ‘विर विक्रम’बाट मिलन चाम्सले प्राप्त गर्दै गर्दा यही चलचित्रबाट नायिका दिया पुनले ‘उत्कृष्ट नव–नायिका’को अवार्ड प्राप्त गरिन् । कार्यक्रममा ‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ ३ जना पत्रकारलाई प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गर्ने पत्रकारहरुमा अनलाइनखबर डटकममा पत्रकार ‘विजय सुवेदी ‘आवाज’, ठूलोपर्दा डटकममा जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारी छन् । उनीहरुलाई पुरस्कारपत्र र जनही नगद १० हजार सहित पुरस्कृत गरिएको हो । यस्तै, रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरियो ।

पाँचौ संकरणको अवार्डमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरियो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित पनि गरियो । सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की,  नृत्यांगना विमला श्रेष्ठ रहेका थिए ।

 

यसअगाडि जर्मनी, नेदरल्याण्ड, नेपाल र सिक्किममा यो अवार्ड आयोजना भैसकेको थियो । कार्यक्रममा नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठको नृत्य, संगीतकारद्धय बसन्त सापकोटा, राजनराज सिवाकोटीको गायन, कलाकार रोहित रुम्बाको नृत्य प्रस्तुतीले माहोललाइ मनोरञ्जन दिएको थियो । कार्यक्रमको प्रस्तुतकर्ता संस्था अन्तराल इन्टरनेशनलका सुदिप रेग्मीलाई पनि समारोहमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा विभिन्न २ विधामा जुरी अवार्ड पनि प्रदान गरियो । जुरी अवार्ड अन्र्तगत उत्कृष्ट चलचित्रमा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दिपेन्द्र खनाललाई अवार्ड प्रदान गरियो । यस्तै, चलचित्र तुइमति, दर्पणछाया २, नमस्ते नेपाल र फन्कोलाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरियो ।

‘पाँचौ इनास अवार्ड’मा कसले कुन विधामा अवार्ड जिते, सम्पूर्ण सूची यहाँ प्रस्तुत गरिएको छः
१. उत्कृष्ट चलचित्रः जात्रा
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स(विर विक्रम)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा(डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ(पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत(छक्का पन्जा)
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का(लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन(विर विक्रम)
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला(छक्का पन्जा)
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल(लूट २)
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे( छक्का पन्जा)
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा( घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु( विर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त(छक्का पन्जा)
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(छक्का पन्जा)
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे(पलाँस)
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल(डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती(लुट २)
तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment