Comments Add Comment

डुब्नुहोस् नीशा र हसनको प्रेममा, यस्तो बन्यो ‘रोमियो’को ट्रेलर


लभ स्टोरी चलचित्रले बजारमा राम्रो व्यापार गरिरहेको समयमा कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो’को ट्रेलरले आशा बढाएको छ ।
एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा मित्रता, प्रेम, आकर्षण र विछोडलाई देखाइएको छ ।

चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत चर्चित भैसकेको छ ।

चलचित्रको ट्रेलरमा यसको उच्च मेकिङ पनि देखिएको छ । साथमा, गीतसंगीत चलचित्रको अर्को पावरफूल पक्ष रहेको नकार्न सकिदैन । निर्माता तथा नायक हसनराजा खान भन्छन्-‘हामीले नेपाली चलचित्रको मेकिङ र कथालाई नयाँ चिरामा अगाडि लैजाने कोशिश गरेका छौ । चलचित्र हेर्दा दर्शक मायामा बग्नु हुनेछ ।’

चलचित्रको ट्रेलरमा समावेश गरिएका केही संवाद मन छुने खालका छन् । हसनले यसपटक चलचित्रमा निर्धक्क लगानी गरेको र त्यो दर्शकले हलमा पुग्दा पर्दामा देख्ने विश्वास व्यक्त गरे ।

चलचित्रमा ताराप्रकाश लिम्बु, सुनिल सन्डे, कुर्वान खान, योगेश काजीको संगीत, अष्ट महर्जनको एक्सन, शिशिर खाती, विपेन गुरुङ, सुरेश न्यौपानेको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, किरण माइकल घिमिरेको लेखन, रामेश्वर कार्कीको छायांकन छ । आशिका श्रेष्ठ निर्माता रहेको चलचित्रका सह-निर्माता बिष्णु कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment