Comments Add Comment

प्रभु इन्स्योरेन्सको २० प्रतिशत लाभांश, साथमा ४६ प्रतिशत हकप्रद


३० असोज, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश र ४६ प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ ।

कम्पनीले १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले बोनस सेयर दिएपश्चात् हुने चुक्ता पूँजीको आधारमा हकप्रद सेयर दिने भएको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न कात्तिक ६ गतेसम्म सेयर स्वामित्व हुनुपर्छ ।

कम्पनीको प्रस्ताव बिमा समितिले स्वीकृत गर्न र साधारण सभाले पारित गर्न बाँकी छ । कम्पनीको बोनस र हकप्रदपछि पूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment