Comments Add Comment

डोटीमा बस दुर्घटना, दुईको मृत्यु

३१ असोज, डोटी । महाकाली यातायात र उग्रतारा यातायातका यात्रुबस आपसमा ठोकिँदा २ जनाको घटनास्लमै मृत्यु भएको छ ।

दुर्घटनामा देहिमाण्डौ २ बैतडीकी ८० वर्षीया द्रोपती भण्डारी र परशुराम नगरपालिका ७ डडेल्धुराका १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी मधु पुडासैनीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईते ५ जनालाई उपचारको लागि धनगढी ल्याइए पनि उपचार सम्भव नभएपछि भारतको बरेली रिफर, ३३ जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका-१ गोगनपानीमा मंगलबार मध्याहृन ठोक्किएका थिए ।

दुर्घटनाग्रस्त बसका कारण सडक अबरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको एसपी पुडासैनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment