Comments Add Comment

नारायणीमा बेपत्ता भएका दाजुभाइको शव भेटियो

६ कात्तिक, नवलपरासी । देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव नवलपरासीकेा कोल्हुवा पारी नारायणी नदी किनारमा फेला परेको छ ।

बिहीबार श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका-१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

एक जना डुबेपछि उद्दार गर्न खोज्दा अर्का भाइ पनि डुबेको हुनसक्ने प्रहरीको आशंका छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईका अनुसार दुई जना शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको शव सोमबार निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment