Comments Add Comment

उपेन्द्र यादव सप्तरी-२ बाट चुनाव लड्ने पक्का

बिहीबार अाैपचारिक घाेषणा गरिने

सप्तरी, ८ कात्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा चुनावमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट चुनाव लड्ने पक्का भएको छ ।

अध्यक्ष यादव सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने पक्का भएको संघीय समाजवादी फो रम नेपाल, सप्तरीले जनाएको छ ।
क्षेत्र नं. २ जिल्ला सदरमुका राजविराजलाई समेटेर निर्माण गरिएको क्षेत्र हो ।

फोरम नेपाल सप्तरीका एक नेताका अनुसार अध्यक्ष यादव सप्तरी क्षेत्र नं. २ बाट चुनाव लड्ने पक्का भएको हो । ती नेताका अनुसार औपचारिक घोषणा भने बिहीबार हुनेछ ।

अध्यक्ष यादवको नाम मोरंग र सिरहाबाट प्रस्तावित भएपनि उनी सप्तरीबाटै चुनाव लड्ने भएका हुन् ।

श्रोतका अनुसार फोरम नेपाल र राजपासँगको गठबन्धनमा उनी यस क्षेत्रको उम्मेदबार बन्न लागेका हुन् ।

यस क्षेत्रमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट केन्द्रीय सदस्य शैलेन्द्र साह र राजपाको तर्फबाट महासचिव मनिष सुमन तथा सहमहामन्त्री जयप्रकाश ठाकुरको नाम चर्चामा थियो ।

यी दुबैले प्रतिनिधिसभाका लागि उम्मेदबारी दिने दावी प्रस्तुत गरिरहँदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदबारी दिने भएका छन् ।

यादवले उम्मेदबारी दिने यो क्षेत्रमा ८६ हजार मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment