Comments Add Comment

त्रिशूलीको नोष्टाल्जिया ! सप्तरीका राजुदेवले सम्झिए २८ वर्षअघिको दुर्घटना

११ कात्तिक, सप्तरी । ०४६ साल कार्तिक महिनामा छठ महापर्वको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने समयमा छठ घाटमा पुगी सूर्यदेवलाई प्रणाम गरेर राजविराजबाट काठमाडौं हिँडेका राजविराज नगरपालिका वार्ड नम्बर ६ हाल वार्ड नम्बर ७ निवासी कामेश्वरलाल देव न त आफ्नो गन्तब्यमा पुगे, न त फर्केर आफ्नो घर राजविराज नै आए ।

उनी विराटनगर-राजविराज-काठमाडौ जाने सुविधा बस समातेर राजविराजबाट काठमाडौं प्रस्थान गरेका थिए । ंदेवसँगै राजविराज ५ निवासी भरत श्रेष्ठ, राजविराज ९ निवासी द्वारिका देव लगायत सो बसमा सवार अन्य स्थानका धेरै यात्रीहरु न त गन्तब्यमा पुगे न त फर्केर आफ्नो घर आए ।

विराटनगरबाट राजविराज हुँदै काठमाडौका लागि छुटेको सो रात्री बस छठ महापर्वको पहिलो दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ दिनुअघि नै काठमाडौं भन्दा पछाडि धादिङ्गको जोगीमारा भन्ने स्थानमा त्रिशुली नदीमा खस्यो ।

२८ बर्षअघिको घटना सम्झिँदै देव भन्छन् – बसमा सवार ८० जनामध्ये ३६ जनाको शव १० दिनपछि पानीबाट निकालियोे, ११ औं दिन मैले  बुवाको त्यहीँ संस्कार गरें

त्रिशुलीमा बस खस्दा सो बसमा सवार ८० जना मध्ये बसको सबभन्दा पछाडिको सिटमा बसेका एकजना यात्री बसको सिसा फोरेर बाहिन निस्कन सफल भएका थिए भने बसको छतमा यात्रा गरिरहेका सप्तरीकै तीन जना कुखुरा व्यापारी बाँच्न सफल भएको बताउँछन् सो घटनामा मृत्यू भएका कामेश्वरलाल देवका छोरा राजु देव ।

२८ बर्षअघिको घटना सम्झिँदै देव भन्छन् “बसमा सवार ८० जनामध्ये ३६ जनाको शव १० दिनपछि पानीबाट निकालियोे, शव खोज्न  १० दिन लाग्यो अनि ११ औं दिन मैले आफ्नो बुवाको त्यहीँ संस्कार गरें ।”

त्यतिबेला सो दुर्घटनाको खबर सुनेर पूरा सप्तरी शोकमग्न भएको पीडा सुनाउँदै उनले राजविराजबाट काठमाडौं हिँडेका सन्देश रात्री सेवा बस धादिङ्गको गजुरीमा शनिवार विहान त्रिसुलीमा खस्दा २८ बर्षअघिको घटनालाई सम्झिँदै फेरि पनि सप्तरी उहिलेको जस्तै शोकमा डुबेको बताउँछन् ।

दुखद संयोग

२८ बर्षअघि कार्तिक महिना छठ महापर्वको अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमा र शनिवार विहान अर्थात छठ महापर्व सकिएको २४ घण्टा नवित्दै धादिङ्गमा बस त्रिसुलीमा खस्नु, त्यतिबेला सुविधा ट्राभल्स नामको बस र अहिले सन्देश बस अर्थात उहिले र अहिलेको बसको नाम पनि ‘स’ अक्षर बाटै शुरु भएको छ । यो कस्तो ‘कु’ संयोग ? उही जिल्ला, उही नदी र एउटै राशीको बस । विगतको दुर्घटनालाई अहिलेको दुर्घटनासँग जोडेर हेर्छन् देव ।

देवको भनाइमा त्यतिबेला भएको बस दुर्घटनामा मृत्यू भएका कामेश्वरलाल देव राजविराजको पविमाविमा कार्यरत थिए । उनी आफ्नो निजी कामले काठमाडौं गईराखेका थिए भने अहिलेको बस दुर्घटनामा मृत्यू भएकी राजविराज १६ निवासी चन्द्रावती झा पविमावि राजविराजका पूर्व शिक्षक मुनचुन झाकी पत्नी हुन् ।

यसरी तीन दशकअघिको दुर्घटनालाई र अहिलेको दुर्घटनालाई हेर्दा सप्तरी जिल्लाको इतिहासमै सबभन्दा पीडादायी दुर्घटनाको रुपमा यो दुईवटा दुर्घटनालाई लिन सकिन्छ ।

तीन दशकअघि भएको दुर्घटनामा मृत्युवरण गरेकाहरुले मोरंगको पशुपति बसको टिकट लिएका थिए । तर, त्यस दिन उक्त बस आएन र त्यसको सट्टामा विराटनगरबाटै आउने सुविधा बसमा चढे । शनिबार बिहान भएको दुर्घटनामा पनि अरको बसको टिकट लिएकाहरु सन्देश बसमा चढेका बेला दुर्घटना भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment