Comments Add Comment

एनपीपीएको अध्यक्षमा राजु जोशी निर्वाचित

३० अक्टोबर, न्यूयोर्क । डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई जगेर्ना गर्ने उदेश्यले स्थापित नेपास् पासा पुचः अमेरीकायको २६ औं वार्षिक उत्सवबाट अध्यक्ष पदमा राजु जोशी निर्वाचित भएका छन् ।

आगामी २०१७-२०१९ सम्मको लागि राजु जोशी अध्यक्ष तथा अन्य पदमा सबै उम्मेदवारहरु सर्बसम्मतीबाट निर्वाचित भएका छन्
ि
सँस्थाका पूर्व अध्यक्ष लक्ष्मण प्रधान प्रमुख निर्वाचन आयुक्त रहेका थिए भने उनले निर्बिरोध बिजयी भएको घोषणा गरेका थिए ।

जोशी अध्यक्ष पदमा निर्वाचित भए पछि उनले मन्तब्य राख्दै सबैको सहयोगको अपेक्षा गरेको भन्दै यस संस्थाको गरिमा र समुदायमा खेलेको भूमिका प्रति प्रतिबद्ध रहेको बताए । आफ्नो समितिले अन्य संस्थासँग मिलेर काम गर्ने पनि उल्लेख गरेका छन् ।

उनले नेवा संस्कृति र नेवा भाषालाई जगेर्ना गर्नु पनि आफ्नो मुख्य कार्यसूची रहेको बताएका थिए ।

नयाँ कार्यकारी समितिमा सभापतीमा राजु जोशी निर्वाचित भएका छन् भने उपसभापतीहरुमा मनोहर श्रेष्ठ तथा बुद्ध महर्जन निर्वाचित भएका छन् ।

यसै गरि महा सचिवमा कृतिश्मा श्रेष्ठ तथा कोषाध्यक्षमा एलन महर्जन् निर्वाचित भएका छन् । यसै गरी सदस्यहरुमा शान्ती श्रेष्ठ, मगन श्रेष्ठ, सरिता डङ्गोल राजु तमोट, सुमन तुलाधर, सराना श्रेष्ठ, सूचना प्रबिधि९आईटी० प्रबन्धक अनघ श्रेष्ठ तथा चित्रात्मक चित्रकार ९ग्राफिक डिजाइनर०मा निलेस महर्जन निर्वाचित भएका छन् ।

अधिकांश पदाधिकारीहरु समिति भित्रबाट नै निर्वाचित भएका छन् भने केही अनुहारहरु नयाँ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment