Comments Add Comment

अपडेटः उदयपुर जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

१३ कात्तिक, उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुई जनाको उद्दार गरिएको छ ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको जीप उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।

घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment