Comments Add Comment

कांग्रेसद्वारा कास्कीबाट समानुपातिक उम्मेदवारको बन्दसूची तयार

प्रत्यक्षतर्फ पनि टुंगो लगाइँदै

१४ कात्तिक, पोखरा । कास्कीमा कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका समानुपातिक उम्मेदवारको बन्दसूची तयार पारेको छ ।

गत शनिबार मात्र कांग्रेस प्रवेश गरेका राप्रपाका पूर्वकोषाध्यक्ष तथा पूर्व सांसद सूर्यबहादुर केसी पनि प्रतिनिधि सभातर्फ समानुपातिकमा परेका छन् ।

केसीसँगै रसकुमारी गुरुङ पनि समानुपातिक सूचीमा परेकी छन् । कांग्रेसमा पार्टी नै विलय गराएका अखण्ड नेपालका अध्यक्ष कुमार खड्काले प्रदेश सभा सदस्यमा समानुपातिकतर्फ स्थान पाएका छन् ।

पूर्वमन्त्री खड्कासहित आनन्दराज मुल्मी, कोपिला रानाभाट, कृष्णकुमारी परियार र चन्द्रावती पौडेल समानुपातिकमा प्रदेश सभा सदस्यको बन्दसूचीमा परेका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पनि उम्मेदवारको नाम टुंग्याउने प्रयासमा छ, कांग्रेस । क्षेत्र नम्बर १ मा यज्ञबहादुर थापा र तारानाथ रानाभाटमध्ये एक जनाले टिकट पाउने भएका छन् ।

क्षेत्र नम्बर २ मा सोभियतबहादुर अधिकारी, देवराज चालिसे र शारदा पौडेलमध्येबाट एकले टिकट पाउनेछन् । क्षेत्र नम्बर ३ मा शुक्रराज शर्माले टिकट पाउनसक्ने अनुमान धेरैको छ । क्षेत्र नम्बर २ मा नपाए ३ मा भए पनि टिकट हात पार्ने दाउमा पूर्वसांसद शारदा पौडेलसमेत देखिन्छन् ।

प्रदेश सभातर्फ कास्की १ (क)मा बुद्धिमान गुरुङ र राजेन्द्रमणि लामिछाने प्रमुख दाबेदार छन् । तर, गुरुङकै पल्लाभारी रहेको स्रोतको दाबी छ ।

कास्की १ (ख)मा जिल्ला सभापति कृष्ण केसी उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।

कास्की २ (क)मा रंगीला आचार्यले टिकट पाउने सम्भावना बढी रहेको स्रोतले जनाएको छ । कास्की २ (ख)मा विन्दुकुमार थापा र नरेशशंकर पालिखेमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी छ ।

कास्की ३ (क)मा रामचन्द्र त्रिपाठीले टिकट पाउने पक्काजस्तै भएको स्रोतले बतायो । कास्की ३ (ख)मा आइबहादुर गुरुङ र मनोज गुरुङमध्ये एक जनाले टिकट पाउने छन् ।

कांग्रेस कास्कीको समानुपातिक बन्दसूची

प्रतिनिधि सभातर्फ
सूर्यबहादुर केसी
रसकुमारी गुरुङ

प्रदेश सभातर्फ
आनन्दराज मुल्मी
कुमार खड्का
कोपिला रानाभाट
कृष्णकुमारी परियार
चन्द्रावती पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment