Comments Add Comment

हलोविन पर्वमा रुमाए अमेरिकाका नेपाली

अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले हलोविन पर्व मनाएका छन् । यो पर्व हरेक वर्ष अक्टोबर ३१ का दिन मनाइन्छ ।

हलोविन वा ह्यालविन पर्व इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ।

गर्मीलाई विदाइ गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्यूजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनीजस्ता देशमा बढी मात्रामा मनाइन्छ। यीबाहेक अरु देशमा पनि मनाइन्छ ।

अमेरिकामा जन्मे हुर्केका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा किशोर–किशोरीहरु यो पर्वप्रति आकर्षित हुन थालेका छन् । यो पर्वमा विभिन्न भूतप्रेतको पोसाकमा देउसी–भैलो खेलेझैं ट्रीक अर ट्रीटिंग अर्थात् छल या व्यवहार गर भनी गाइने गरिन्छ ।

तिहारको समय र हेलोविनको समय कहिलेकाहिँ एक दुई दिनको फरकमा पर्न जान्छ । बालबालिकाले काला–सेता भूत जस्तो देखिने पोसाक लगाएर घर/दैलोमा मिठाइ मागी मनोरञ्जन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment