Comments Add Comment

जनकपुरमा ‘भूत’ मेला सुरु

 

१९ कात्तिक, जनकपुर । आइतबार बिहानै जनकपुरमा धामीझाँक्रीहरुको घुइचो लाग्यो । विगत झैं यस वर्ष पनि जनकपुरस्थित गंगा सागरमा ‘भूत’ मेला मनाउन धामीझाँक्रीहरु भेला भएका छन् ।

धनुषा, महोत्तरी, सिरहा सप्तरीसहित भारतको विभिन्न स्थानबाट जनकपुरको गंगासागरमा स्थान गरी मन्त्र सिद्ध गर्न उनीहरु त्यहाँ आएका थिए ।

आइतबार जनकपुरको गंगा सागरको दृश्य बेग्लै थियो । पूणिर्माको भोलिपल्ट एकाविहानै गंगासागरमा पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।

उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका थिए । धामीझाँक्री मादल, करताल, झाइल र ढोलपिपहीको मधुरता तालबीच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको थियो ।

उनीहरुले पोखरीको डिलमा स्नान गर्ने समयमा देखाउने गरिएको हाउभावका कारणले भय उत्पन्न गराइरहेको थियो । कार्तिक पूणिर्माका दिन धनुषा, सिरहा र भारतको जयनगरमा अवस्थित कमला नदीमा र त्यसको भोलिपल्ट जनकपुरमा धामीहरु घुईंचो लाग्छ । धामीहरु बेतको लठ्ठी र बल्दै गरेको आहुत लिएर त्यहाँ जाने गर्छन् ।
त्यो लट्ठी उनीहरुले तन्त्र सिद्धी गरेर पुजापाठ गर्ने बेलामा प्रयोग गर्ने गरेका छन् । धनुषा, महोत्तरी, सिरहा सप्तरीसहित भारतको विभिन्न स्थानबाट स्नान गर्न एका विहानै जनकपुरको गंगासागरमा आएका थिए ।

त्यहाँ आएका धामीझाँक्रीहरु मन्त्र सिद्धिसँगै मठ मन्दिर घुमेर फर्किने चलन छ । धामी झाँक्रीहरूले भूत र कुल देवता भाक्तै गंगासागरमा डुबुल्की मार्ने सदियौँ देखिको परम्परा हो । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् ।

प्रायजसो यो भूत मेलामा दलित समुदायको सहभागिता रहने गरेको छ । उनीहरु आफनो घरमा पुजापाठ गरी कमला नदीमा विसर्जन गर्न जाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ ।

तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । स्नानको समयमा मुल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment