+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फेसबुकमा २७ करोड नक्कली अकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १९ गते १४:३४

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसले गरेको साइबर हस्तक्षेपमा फेसबुकको प्रयोग गरिएको विषयलाई लिएर फेसबुक यसअघि नै छानविनको घेरामा छ । यहीँ बीचमा फेसबुकले आफ्नो अर्को कमजोरी पनि स्विकार गरेको छ ।

सोसल मिडिया साइट फेसबुकमा २७ करोड नक्कली अकाउन्ट रहेको कुरा फेसबुकले स्विकार गरेको छ ।

द टेलिग्राफमा प्रकाशित एक समाचार अनुसार फेसबुकले हालै आफ्नो त्रैमासिक आयको विवरण सार्वजनिक गरेको छ । जसमा फेसबुकले आफुले यसअघि अनुमान गरेभन्दा १० लाख गुणा धेरै नक्कली अकाउन्ट रहेको कुरा स्विकार गरेको छ ।

त्रैमासिक विवरणको रिपोर्ट अनुसार सन् २०१७ को तेश्रो त्रैमासिकका मासिक २ अर्ब १० करोड प्रयोगकर्तामध्ये २ देखि ३ प्रतिशत अकाउन्ट अबान्छित देखिएका छन् ।

जबकी अरु १० प्रतिशत अकाउन्ट चाहीँ कुनै खास फेसबुक प्रयोगकर्ताको डुप्लिकेट अकाउन्टको रुपमा रहेका छन् । यसरी आफ्ना मासिक २ अर्ब १० करोड प्रयोगकर्तामध्ये १३ प्रतिशत अर्थात् २७ करोड फेसबुक अकाउन्ट अवैधानिक रहेको फेसबुकको रिपोर्टमा उल्लेख छ ।

द वाशिंटन पोष्टको गत महिना प्रकाशित एक रिपोर्ट अनुसार राष्ट्रपति चुनावताका रुसी अपरेटरहरुद्वारा तयार गरिएका वा वितरण गरिएका चुनाव प्रभावित पार्ने खालका सामाग्रीहरु १२ करोड ६० लाख फेसबुक प्रयोगकर्ताको वालमा पुगेका थिए ।

यस विषयमा फेसबुकले अमेरिकी विधायकहरुलाई जानकारी गराउने योजना पनि बनाएको समाचारमा उल्लेख छ ।

यो संख्या फेसबुकले यसअघि अनुमान गरेभन्दा निकै धेरै हो । यसअघि फेसबुकले १० लाख प्रयोगकर्ताको वालमा मात्र यस्ता विज्ञापन सामाग्रीहरु पुगेको हुनसक्ने दाबी गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?