Comments Add Comment

टोसिबाको मल्टीफङ्सन हाइब्रिड प्रिन्टिङ सिस्टम नेपाली बजारमा

२४ कात्तिक, काठमाडौं । टोसिबा टिईसी कर्पोरेशन र वर्ल्ड डिस्ट्रब्युसन नेपालले संयूक्त रुपमा e-STUDIO4508LP series को मल्टीफङ्सन हाइब्रिड प्रिन्टिङ सिस्टम नेपालमा सार्वजनिक गरेको छ ।

होटल याक एण्ड यतीमा आयोजित एक समारोहकाबीच नेपाली बजारमा बिक्री तथा बितरणको लागि यसलाई सार्वजनिक गरेको हो । यस e-STUDIO4508LP series प्रिन्टर बाट कागजपत्रहरु स्थायीको साथै पुनः प्रिन्ट गरी प्रयोग गर्न सकिनेछ । यो प्रिन्टरमा उपलब्ध unique erase functionले अस्थायी कागजपत्रहरुबाट टोनर पुछ्न सकिने र त्यस कागज प्रिन्टको लागि पुनःप्रयोग गर्न सकिनेछ ।

अस्थायी कागजपत्रहरु हरेक दिन प्रुफ रिडिङ, रुजु अथवा याद गर्ने सिलसिलामा प्रिन्ट हुने गर्दछन् । जुन केहि घण्टाको लागि मात्र प्रयोगमा रहन्छन् । त्यसकारण यस पि्रन्टर सँग कागजको कम खप्तमा धेरै प्रयोग दिन सक्ने क्षमता रहेको छ ।

फरक फरक अस्थायी कागजपत्रहरु लाई फरक फरक प्रयोग गर्न सिकने प्राबधान रहेकाले , ईमेल तथा डकुमेन्ट जस्ता तत्काल अस्थायी हुने कागजपत्रहरु erasable toner मा (३५ पेज प्रतिमिनेटमा) डिजाईन गर्न सकिनेछ भने आवश्यक कागजपत्रहरु monochrome output मा (४५ पेज प्रतिमिनेटमा) डिजाईन गर्न सकिनेछ ।

‘धेरै सँस्थाहरु आफ्नो CO2 footprint घटाएर वातावरण मैत्री बनाउने प्रयासमा जुटिरहेको बताउँदै, तेसिबा सिंगापुरका प्रोडडक्ट र्मोटिङ डिभिजनका प्रमुख अहमद इक्रमल टोसिबाको नयाँ मल्टीफङ्सन हाइब्रिड प्रिन्टिङ सिस्टमले पेपर पि्रन्ट र रिपि्रन्ट एकै सिस्टम बाट सञ्चालन गर्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment