Comments Add Comment

एक क्विन्टल अबैध मरिचसहित एक पक्राउ

२४ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलेर ल्याइएको एक क्वीन्टल मरिचसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज १ छपकैयाँका १८ वर्षका श्याम दास छन् ।

चारवटा बोरामा राखेर चोरी पैठारी गरी मरिच ल्याउँदै गरेको अवस्थामा दासलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिस कर्णले जानकारी दिए ।

वडा प्रहरी कार्यलय विर्ता र प्रहरी चौकी आदर्शनगरको संयुक्त टोलीले छपकैयामा चेकजाँचको क्रममा दासलाई मरिच सहित पक्राउ गरेकोे थियो । मरिच सहित दासलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment