Comments Add Comment

केक काट्दै हरिवंशले भने-‘बच्चा जस्तै फुर्कदैछु’


सोमबार दिउँसो चलचित्र ‘सत्रु गते’को छायांकन सेटमै हाँस्य कलाकार हरिवंश आचार्यले जन्मदिनको केक काटे । रेडियो अडियोले आयोजना गरेको जन्मदिन सेलिव्रेशन कार्यक्रममा हरिवंशले आफ्ना साथी मदनकृष्ण श्रेष्ठसँगै केक काटे । उनीसँग केट काट्ने समयमा श्रीमति रमिला, छोरा मोहित आचार्य सँगै थिए ।

रमिलाले हरिवंशलाई जन्मदिनको शुभकामना दिदै स्विटर उपहार दिएको सुनाइन् । छोरा मोहितले उनलाई आइफोन उपहार दिएका रहेछन् । हरिवंशले जन्मदिनको केट काट्दै भने-‘६० बर्षको उमेरमा पुगेपनि म आफूलाई १६ बर्षको जस्तो महशुश गर्दैछु । म त बच्चा जस्तै फुर्कदैछु ।’

उमेर ढल्कदै गएपछि मानिसलाई जन्मदिनको उत्साह नहुने भन्दै उनले आफूलाई भने साथीभाई, आफन्त र मिडियाकर्मीको साथले बच्चा जस्तो लाग्न थालेको हरिवंशको भनाई थियो ।

उनलाई हाँस्य कलाकारहरु बसुन्धरा भुषाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरि पौडेल, किरण केसी, निर्देशक प्रदिप भट्टराइले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment