Comments Add Comment

व्यवसायी शरद गौचनको हत्यामा संलग्न एक पक्राउ

३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी

२८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।

मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रहरीले यस बारे सार्वजनिक गर्दैछ ।

यसअघि गत २३ असोजमा बानेश्वरको खरिबोटमा दिउँसै गौचनको गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा उनीलाई गोली हानिएको थियो ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको थियो । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो ।

गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment