Comments Add Comment

दुबईमा ‘शुभयात्रा साँझ’ सांगीतिक कार्यक्रम हुँदै

रामकृष्ण ढकाललगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिने


युएई । नेपाली चलचित्र, सांगीतिक क्षेत्रका हस्तीहरुको उपस्थितिमा दुबईमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी २२ डिसेम्बरमा हुन लागेको शुभयात्रा साँझ नामको उक्त साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरू रामकृष्ण ढकाल, हेमन्त राना, इन्दिरा जोशी, सन्दीप क्षेत्री र नम्रता सापकोटा युएई आउने भएका हुन् ।

नेपाली आधुनिक गायनमा एकछत्र राज गरेका रामकृष्ण ढकाल, ‘चालीस कटेसी रमाउँला’ भन्दै लाखौं संगीत पारखीको मनमा बसेका हेमन्त राना, नेपाली साकिराको उपाधि पाएकी इन्दिरा जोशी, चर्चित नायिका नम्रता सापकोटाको साथमा कान्तिपुर टेलिभिजनमा ह्वाट्स द फ्लप कार्यक्रम सञ्चालन गरेर सुपरहिट कमेडियन तथा कार्यक्रम प्रस्तोताको रुपमा परिचित सन्दीप क्षेत्रीलाई एउटै मञ्चमा देख्न पाइने खबरले युएईका नेपालीहरु हर्षित छन् ।

गत १७ नोभेम्बर शुक्रबार बरदुबईको एम्वास्डर होटलमा पत्रकार सम्मेलन गरेर डिसेम्बर २२ तारिखमा दुबईको रोयल अस्कोेट होटलमा बेलुकी चार बजे सांस्कृतिक कार्यक्रम हुने जानकारी आयोजकले गराएका छन् ।

कार्यक्रमबाट संकलन हुने मुनाफा धादिङ र चितवनमा रहेका चेपाङ बालबालिकाहरू र हेटौंडामा रहेका मुस्लिम बालबालिकाहरूको दारुण कुरान मदरसाका लागि सहयोग गरिने आयोजकले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको संघार र क्रिसमसको रमझमका बीच आयोजना हुन लागेको उक्त कार्यक्रमको मुख्य प्रायोजक बरदुबईमा नवस्थापित शुभयात्रा ट्राभल रहेको सञ्चालक तोया चम्लागाईले अनलाइनखबरलाई बताए ।

नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरुलाई यहाँका नेपालीहरु समक्ष प्रस्तुत गरी नेपाली कला तथा संगीतका पारखीहरुलाई अंग्रेजी नयाँ वर्षमा मनोरञ्जन प्रदान गर्न पाउँदा खुसी लागेको प्रायोजक शुभयात्रा ट्राभलका तर्फबाट चौलागाईले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन आयोजकले युएईमा क्रियाशील सामाजिक संघसंस्थाहरुसँग सहयोगको अपिल गरेको छ । यस अभियानमा गैर आवासीय नेपाली संघ युएई, नेपाली समाज युएई, हामी नेपाली एसोसिएसन, नेपाली जनप्रतिशील मञ्च युएई, प्रवासी नेपाली मञ्च युएई, नेपाली जनसम्पर्क समिति युएई, चितवन समाज युएई, धादिङ समाज युएई, रुपन्देही समाज युएईले सहयोगको प्रतिबद्धता गरिसकेका छन् भने अन्य संघसंस्थाहरु पनि सहयोगी संस्थाका रूपमा थपिने विश्वास आयोजकको तर्फबाट मदन अधिकारीले बताएका छन् ।

ग्रिस्मम इन्टरटेन्मेन्टको प्रस्तुति र एभरेस्ट मिडिया प्रालिको व्यवस्थापनमा आयोजना गरिने कार्यक्रममा मिडिया पार्टनरका रुपमा अनलाइनखबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment