Comments Add Comment

कवि दिवसको ‘सम्झिराख’नेपथ्यको भिडियोमा

३ मंसिर, काठमाडौं । चिरपरिचित कवि तुलसी ‘दिवस’ले धेरै वर्षअघि लेखेको कविताका लाइनहरु नेपथ्यको दशाैं अल्बममा गीतका रुपमा समेटिइसकेको छ ।

‘मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला
सम्झिराख
सम्झिराख, लामो सफरमा
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख’
अब भने श्रोतालाई नेपथ्यको रजत वर्षमा घोषित उपहार शृंखला अन्तर्गत यो गीत म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।
‘मैले यो कविता वाल्यकालमै रचेको थिएँ,’ कवि दिवस भन्छन्,’पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरुको मर्मले छोएपछि प्रकाशित हुनपुगेको थियो ।’

सम्झिराख शीर्षकको यस कविताले अगाडि भन्छ-
‘किनकि सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
जीवनलाई मृत्युले चपाउन सक्छ
तर सम्झना सधैं हाँसिरहन्छ
कविता बनी त्यो बाँचिरहन्छ
सम्झिराख ’

वाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशित भएको यो कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रुपमा अघिबढाउँदै गरेकोमा आफूलाई खुशी लागेको कवि दिवस सुनाउँछन् ।

यसरी एउटा कविको भावनालाई संगीतवद्ध हुँदै अब हेर्ने माध्यमका रुपमा समेत परिणत गर्दा म्यूजिक भिडियोले भने ललितपुरका पुरानागल्ली, दरवार र ढुँगेधाराहरुको चयन गरेको छ । भिडियोमा ब्याण्डका सदस्यहरु रातको एकान्तमा पुरानो सहरको यात्रा गर्छन् ।

केही वर्षयता नेपथ्यको श्रब्यदृश्य व्यवस्थापनमा संलग्न तन्नेरी समुह ‘कथाहरू’ले बनाएको यो म्यूजिक भिडियोे नेपथ्यलाई व्यवस्थापनगर्दैआएको नेपालयले निर्माण गरेको हो ।

नेपथ्यले कवितामा संगीत हाल्ने प्रयोग यसअघि पनि गर्दैआएको थियो । कवि तीर्थ श्रेष्ठको ‘आमा’लगायत केहि गीतहरु कविताबाटैतानिएको हो ।
‘म शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हातपरेको थियो,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङभन्छन्,’त्यसैमा अटाएको यस कवितालाई मैले संगीतवद्ध गर्ने प्रयास गरेको हुँ ।’

नेपथ्यले यो वर्षभरी आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणा गरिसकेको छ । त्यसै क्रममा यसलाई पनि तयार पारिएको हो ।

२५ वर्र्षे उत्सवकै क्रममा व्याण्डले यसैपाला आफ्नो दसौं अल्बम सार्वजनिक गर्ने घोषणासमेत गरिसकेको छ । उक्त दशाैं अल्बममासंकलित गीतहरु मध्येकै ‘सम्झिराख’ पनि एक हो ।

सार्वजनिक हुने क्रममै रहेको उक्त अल्बमबाट म्यूजिक भिडियो बन्न सफल यो पांचौगीत बन्न पुगेको छ । त्यसै अल्बमको ‘कोशीको पानी’, ‘हो रामा रामा’, ‘शीरफूल शिरैमा’, ‘हामी नेपाली’ जस्ता गीतहरुको म्यूजिक भिडियोयस क्रममा सार्वजनिक भएका थिए । यी गीतहरु युट्युबमा उपलब्ध छन् ।

अन्य गीतहरुजस्तै ुसम्झिराख’ पनि नेपथ्यको पनि नेपथ्यको आधिकारिक युट्युब च्यानलमार्फत यो लिंक मा श्रोता दर्शकले हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment