Comments Add Comment

टाटा मोटर्सका सिईओ नेपालमा, सुरु भयो ग्लोबल सर्भिस क्याम्प

५ मंसिर, काठमाडौं। नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी टे्रडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प मंगलबारबाट सुरु गरेको छ । टाटा मोटर्स्का सिईओ तथा प्रबन्ध निर्देशक गुन्टर बुशेक र टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप माइत्राले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरे ।

नेपालमा स्थापना कालको ३५ वर्ष बित्दा पहिलोपटक टाटाका सिईओ तथा प्रबन्धक निर्देशक नेपाल आएका हुन् । यस गौरवमय अवसरमा उनाँको उपस्थितिले ग्लोबल सर्भिस क्याम्पको चहलपहल नेपालमा थप बढेको कम्पनीले जनाएको छ ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, नेपालका विभिन्न स्थानहरुमा आयोजना हुँदैछ ।

यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

ड्राईभरहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको ओरिजिनल पार्टस्मा १० प्रतिशत छुट,गाडीको सम्पूर्ण स्वास्थ्य जाँच, उत्कृष्ट माईलेज अवार्ड, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुबि्रकेन्टस्मा आकर्षक अफर जस्ता यस क्याम्पका प्रमुख विशेषताहरु हुन् ।

सिप्रदी ट्रेडिङ प्रालि ले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुती टाटा म्याग्ना बसको औपचारिक साँचो हस्तान्तरण कार्यक्रम समेत उक्त क्याम्पमा गरेको छ ।

एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूबि्रकेन्टस्, आदि ब्राण्डहरु सिप्रदी टे्रडिङले यस बृहत क्याम्पमा समावेश गरेको छ ।

टाटाले आफ्नो सामाजिक दायित्व बहन गर्दै विभिन्न सचेतना र स्वास्थ्य क्याम्प समेत ग्लोबल सर्भिस क्याम्पमा संचालन गरेको छ ।

त्यहाँ उपस्थित दर्शक तथा सेवाग्राहीहरुले निःशुल्क आँखा जाँच, स्वास्थ्य जाँच, ट्राफिक सचेतना, एड्स सचेतना जस्ता कार्यक्रमहरुमा सहभागी हुन सक्नेछन् । यसका साथै यसै अवसरमा सिप्रदी ट्रेडिङले देशका विभिन्न स्थानहरुमा वृक्षारोपण पनि गरेको छ ।


विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा दोस्रो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ ।

आर्कषक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् । टाटा मोटर्सले यसै क्याम्पमा टाटा योदाको एक्सेन्ज अफर समेत सेवाग्राहीहरुलाई प्रदान गर्नुको साथै टाटा मोवाइल वर्कशप र टे्रनिङ अन व्हील डिस्प्ले समेतको आयोजन गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment