Comments Add Comment

जेसीबीका ग्राहक बेलायतस्थित मुख्य प्लान्टको भ्रमणमा


५ मंसिर, काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई बेलायतको रोसेस्टरस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ ।

एक साता लामो भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्टको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए ।

भ्रमणका क्रममा जेसीबीका ग्राहकले स्टिलबाट कसरी मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गर्नु गरेका थिए ।

साथै, उनीहरुले जेसीबी कम्पनीका संस्थापक जोसेफ सिरिल बमफार्डले आविष्कार गरेको संसारकै पहिलो ब्याकहो लोडर र जेसीबीले निर्माण गरेको संसारकै सबैभन्दा तीव्र गतिमा दौडने डिजेल कारको समेत निरीक्षण गरे ।

भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्ट र बेलायतको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताए । उनहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताए ।

‘निर्माण कार्यका क्रममा खराबभन्दा पनि खराब परिस्थितिको सामना गर्न जेसीबीलाई कसरी तयार पारिन्छ भन्ने हेर्‍यौं ।’ भ्रमणमा सहभागी गोल्डेन गुड्स शेर्पा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक गेल्जे लामाले भने, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिनुभएकोमा हामी एमएडब्लु अर्थमुभर्सप्रति आभारी छौं ।’

जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ ।

नेपाली बजारमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कार्यक्षमताका कारण यी मेसिनहरु लोकपि्रय छन् । अझ पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment