Comments Add Comment

जब फुटबल र टेनिस मिल्छ, राम्रो हुन्छ !

वाह ! अब सबै एक साथ ।

स्पोट्र्सको पि्रय जोडी अझ आकर्षक बनेका छन् ।

सन् २००८ कि फ्रेन्च ओपन च्याम्पियन एना इभानोभिक र म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखका पूर्व मिडफिल्डर बास्टियन स्वाइन्सटाइगरले आफूहरु बाबुआमा बन्न लागेको घोषणा गरेका छन् ।

उनीहरुले सन् २०१६ मा भेनिसमा बिहे गरेका थिए ।

सेतो रंगका तीन जोडी ठूला-साना साइजका जुत्ताको तस्वीर राख्दै इभानोभिकले लेखेकी छिन्, ‘हाम्रो परिवारमा एउटा सानो विस्तार । यहाँभन्दा बढि खुशी हुने ठाउँ छैन ।’

फ्यानहरुले जन्मिने बच्चाको नामाकरण पनि गर्न भ्याएका छन्- इभानोस्टाइगर । तर, उनी भोलि गएर फुटबलर बन्लान् कि टेनिस खेलाडी ? यो त भविष्यले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment