Comments Add Comment

गोरखामा ६३ प्रतिशत मत खस्यो

१० मंसिर, गोरखा । गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही छिटपुटका घटना वाहेक निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । गोरखामा करिव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।

साँझ पाँच बजे मतदान सकिएसँगै अहिले मतदान अधिकृतहरु मतपेटिका सिलवन्दी गर्ने तयारीमा जुटेका छन् ।

चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकाको मतपेटिका बाहेक अन्य सबै ठाउँको मतपेटिका आजै सदरमुकाम ल्याउने जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।

सडक सञ्जालको पहुँच नभएका कारण चुमनुव्री र धार्चे गाउँपालिकाको मतपेटिका भने हेलिकोप्टर मार्फत सोमवार ल्याइनेछ ।

‘दुर्गम उत्तरी क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाको २८ मतदान केन्ऽ र धार्चे गाउँपालिकाको ८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट भोलि ल्याउँछौं,’ सापकोटाले भने, ‘अन्य ठाउँको भने बिशेष सुरक्षाका साथ रातभरमा ल्याइसक्छौं ।’

निर्वाचन क्षेत्र नम्वर १ को मतपेटिका महिला तथा बालबालिका कार्यालय भवनमा राखिने छ । त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ को मतपेटिका भने जिल्ला समन्वय समितिको भवनमा राख्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणना भने मंसिर २१ गते साँझ पाँच बजेबाट मात्र शुरु हुनेछ । जिल्लाको बिभिन्न ५० ठाउँमा मतपेटिका भण्डारण केन्ऽ बनाएर जिल्ला ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ । मतदान भण्डारण गर्ने ठाउँमा बिशेष सुरक्षा व्यवस्था मिलाइने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

स्थानीय तहमा भन्दा कम मत खस्यो

स्थानीय तहको निर्वाचन भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसे पनि यस पटक भने कम मत खसेको छ ।

स्थानीय तहको मतलाई आधार मानेर यस पटकको चुनावी बिश्लेषण हुने गरेकोमा कम मत खसेपछि चुनावी नतिजाको अनुमान पनि प्रभावित भएको छ ।

‘स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधीहरु स्थानीय टोल छिमेकका थिए, तर अहिलेको चुनावमा अन्यत्रका पनि भए त्यसैले मत हाल्ने मतदाताको संख्या कम भएको हुन सक्छ,’ सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment