Comments Add Comment

गुल्मीमा कांग्रेस उम्मेदवारलार्इ रोबर्टले भोट माग्दै

१४ मंसिर, गुल्मी । चुनाव नजिकिएसँगै गुल्मीका राजनीतिक दलले प्रचार-प्रसारलाई तीब्र पारेका छन् ।

सूचना, संचार र इन्टरनेटको समयसँगै दलहरुले नयाँ नयाँ प्रविधिमार्फत भोट माग्ने अभियानलाई पनि दरिलो माध्यम बनाएर प्रचारमा हिँडने गरेका छन् ।

दलहरुले ठुला ठूला आंसभा भन्दा साना र घरदैलोलाई नै मुख्य प्रथामिकतामा राखेर प्रचारप्रसार गर्ने गरेका छन् ।

निर्वाचन आचार सहिताले टोपी टिसर्ट, ठूला व्यानर, पमपिलेट जस्तामा रोक लगाएसँगै दलहरुले नयाँ खालका प्रचार शैलीहरु ल्याउन थालेका छन् ।

फेसबुक, ट्वीटर,यूट्यूव जस्ता माध्यमलाई मुख्य प्रचार शैली अपनाएका दलहरुले रोबर्ट मार्फत पनि मत माग्न थालेका छन् ।
नेपाली कांग्रेस गुल्मीले भने भोट माग्नको लागि रोबर्ट नै ल्याएको छ । रोबर्टले मत माग्नको बिहीबार सदरमुकाम तम्घासमा उद्घाटन गरिएको नेविसंघ केन्द्रीय सदस्य सुदर्शन खनालले जानकारी दिए ।

काठमाडौबाट ल्याइएको उक्त रोबर्ट निर्वाचन अवधिभर प्रयोग हुने कांग्रेस गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घास र अन्य कालोपत्रे सडकमा मात्र हिड्न सक्ने उक्त रोबर्टले गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार चन्ऽ केसीको लागि मत मागेको थियो ।

मानिसको आकार भएको रोबर्ट पाङ्ग्रामार्फत आफै सिमित गतिमा आफै गुडेर उम्मेदवारलाई भोट माग्ने गर्दछ ।

जिल्लामा यसरी रोबर्टमार्फत पार्टीलाई भोट माग्ने प्रविधि कांग्रेेसले पहिलो पटक प्रयोगमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment