Comments Add Comment

जापानी सम्राटले अप्रिल २०१९ मा गद्दी त्यात्ने


१५ मंसिर, काठमाडौं । जापानी सम्राट आकिहितोले अप्रिल २०१९ मा राजगद्दी त्याग्ने भएका छन् ।

सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मिति घोषणा गरेका हुन् ।

८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो ।

लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने बताए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment