Comments Add Comment

सगुनको मिनि आईपीओमा लगानी गर्ने म्याद ७२ घण्टा थप


१५ मंसिर, काठमाडौं । सगुनले जब्स एक्ट २०१२ ‘मिनि आइपीओ’ अन्तर्गत खुल्ला गरेको दोश्रो राउण्डको शेयर बिक्री म्याद ७२ घन्टा बढाएको छ ।  अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख २०१७ को मध्यरतमा सकिएको हो ।

सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको कम्पनीले जनाएको छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आएको सगुनले जानकारी दिएको छ ।

अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएकाकारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी कम्पनीले गराएको छ ।

सगुनको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यवहारिक र प्राबिधिक कठिनाइकाकारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको हो ।

अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न र हाम्रा लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको यो समय प्रयाप्त हुने हाम्रो विश्वास छ ।

पुनश्चः सगुनको शेयर विक्री कार्यक्रम न्यूयोर्क समय अनुसार नोभेम्बर ३० मध्यरातीबाट जम्मा ७२ घण्टाको लागि थप गरिएको जानकारी सगुनले जनाएको छ। थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्यरात (न्युयोर्क समय) सम्म म्याद रहनेछ ।

शेयर लगानीको प्रकृयामा प्रवेश गरेका र थपिएको समय उपयोग गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुलाई थपिएको समय प्रयाप्त हुने कम्पनीको विश्वास छ । सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्नुहुन अनुरोध सहित यो भन्दा अरु समय थप नहुने पनि जानकारी कम्पनीले दिएको छ ।

हाल थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले https://www.sagoon.com/invest मा गएर लगानी गनक सक्ने कम्पनीले बताएको  छ ।

लगानी सम्बन्धि कुनै प्रकारको जिज्ञासा वा प्रश्नहरु भएमा सगुनको साइटमा २४ सै घण्टा उलपब्ध लाइभ च्याटबाट सहयोग र सगुनले नोभेम्बर २८ तारिख देखि शुरु गरेको हटलाइन सेवा पनि लिन सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment