Comments Add Comment

कैलाली ५ मा आरजु हारिन्, एमालेका नारदमुनि विजयी


२४ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् ।

त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।

तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment