Comments Add Comment

अग्नि फाउन्डेशनको ‘उदय सदस्य’ योजनाः ग्राहकका छोराछोरीलाई छात्रवृत्ति

१ पुस, काठमाडौं । नेपालको लागिमहिन्द्रा युटिलिटी भेइकलको आधिकारिक विक्रेता अग्नि अन्तर्गतको गैरनाफामूलक शाखा अग्नि फाउन्डेशनले ग्राहक सेवा प्रणाली अन्तर्गत उदय सदस्य योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले महिन्द्राको आफ्नो “महिन्द्रा राइज”को मर्मलाई आत्मसाथ गरी ग्राहकहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको जनाएको छ ।

यसका अतिरिक्तउदय सदस्य योजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना हालका तथा नयाँ ग्राहकहरुलाई आर्थिक तथा गैर आर्थिक फाइदाहरु प्रदान गरेको छ ।

आर्थिक बृद्धि तथा समग्र व्यक्तित्व विकासको लागि योजना विशेष फलदायी समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो कार्यक्रम अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकहरुका छोराछोरीहरु मध्येबाट एसईईमा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएका २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरेको छ । अग्नि फाउन्डेशनले नक्शाल स्थित महिन्द्राको शो रुममा उत्कृष्ट हुन सफल भएका एसईईका छात्रछात्राहरुलाई छात्रवृत्तिद्वारा सम्मानित गरेको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा अग्नि फउन्डेशनले उदय सदस्यहरुलाई रु. २ लाखको निःशुल्क दुर्घटना बीमा, लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सहरुको खरिदमा १५ प्रतिशत छुट, निःशुल्क रुपमा मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा समेत प्रदान गर्दै आएको छ ।

महिन्द्राले यस्ता आर्थिक सुविधाको साथ साथै सदस्यहरुलाई वाषिर्क रुपमा गाडी सर्भिस क्याम्प तथा हेल्थ चेकअप क्याम्पको सुविधा पनि प्रदान गर्दै आएको छ ।

प्रेस विज्ञप्तिका सिलसिलामा अग्नि ग्रुपका प्रबन्धक अर्जुन शर्माले महिन्द्रा गाडी विक्रीमा मात्र केन्दि्रत नभई ग्राहकहरुको आर्थिक एवं व्यक्तिगत विकासका लागि पनि विशेष सहयोग प्रदान गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment