Comments Add Comment

अमरगढी नगरपालिकामा कुचीकारले गरे तालाबन्दी

५ पुस, डडेल्धुरा । अमरगढी नगरपालिकामा कार्यरत कुचीकारले मंगलबार बिहानदेखि कार्यालयको मुलगेटमै तालाबन्दी गरी अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन ।

नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाको कार्यशैलीको विरोध गर्दै वडा अध्यक्षहरुले करिब एक महिना अघिदेखि नगर प्रमुख तथा लेखामा लगाएको तालाबन्दीका कारण कुचीकारहरुले तलब र भत्ता नपाएपछि उनीहरुले मुलगेटमै तालाबन्दी गरी सम्पूर्ण कामकाज ठप्प पारेका हुन ।

दैनिक मजदुरी गरेर काम गर्ने कुचीकारहरुलाई विगत तीन महिनादेखि पाउनु पर्ने तलव र कपडाहरु नपाएपछि अमरगढी कार्यालयमा तालावन्दी गर्नु परेको कुचीकार विनोद सार्किले बताए ।

‘तलव र चिसोमा लगाउने कपडाको माग गरेको २ महिना भन्दा वढी भयो अहिलेसम्म माग सम्बोधन भाछैन ।’ उनले भने ।
घरमा खाने कुराको जोह गर्न समेत कठिनाई भएपछि आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको अर्का कुचीकार विष्णु टमटाले बताए ।

आफूहरुले काम गरेको तलव नपाएर माग पनि सम्बोधनका लागि तालावन्दी गरेको उनिहरुको भनाइ रहेको छ ।
यदी माग सम्बोधन नभए बुुधवार देखी बजारको फोहर संकलन कार्य समेत बन्द गरिने कुचीकारका लिड्र जंगवहादुर तोलाङ्गीले चेतावनी दिएका छन ।

उता व्यक्तिगत कामका लागि राजधानी रहेका मेयर विपिन ओझा भने निर्वाचित वडा अध्यक्षहरुले विभिन्न माग राखेर बिगत एक महिनादेखि गरेको तालाबन्दीका कारण आर्थिक कारोवार गर्न नसकिएको बताए ।

अमरगढी-२ का निर्वाचित वडा अध्यक्ष मनोरथ खडायतले भने अमरगढी नगरपालिकामा नगर प्रमुख दवारा मनोमानि ढंगवाट काम गर्न थाले पछि अफूहरुले बाध्य भएर तालावन्दी गर्नु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment