Comments Add Comment

फेसबुकले हटायो झूटा समाचारमा रातो संकेत

फेसबकले आफ्नो प्लेटर्फममा सेयर गरिएका झूटा समाचारको छेउमा रातो संकेत चिन्ह प्रयोग गर्न छोडेको छ । यसले सोचेअनुसार काम नगरेकाले बन्द गरिएको फेसबुकको भनाइ छ ।

गत डिसेम्बर २०१६ मा फेसबुकले सत्यतथ्य परिक्षण गर्ने वेबसाइटले झूटो ठहर्‍याएका समाचारहरुको छेउमा रातो वार्निङ दिन सुरु गरेको थियो । यद्यपि यो प्रयोगले गहिरो विश्वासका कुराहरुलाई झनै बल पुर्‍याएको अध्ययनले देखाएको फेसबुकले जनाएको छ ।

अब यसले विवादित समाचारहरुसँगै विश्वसनीय प्रमाणित भएका सम्वन्धित विषयका लेखहरु देखाउनेछ ।

फेसबुकका अनुसार यसले यो नयाँ प्रयोगको प्रयोगको परिक्षण गरेको थियो र यसबाट विवादित लेखहरु क्लीक गर्ने क्रममा कमि नआए तापनि सेयर गर्ने क्रम भने घटेको पाइएको छ ।

विवादित आर्टिकल क्लीक गर्ने र सेयर गर्ने व्यक्तिहरुले तथ्य परिक्षण गरिएका स्रोतहरुको लिंकसहितको पप-अप देख्नेछन् । ‘पहिलेजस्तै जब हामी कुनै आर्टिकल तथ्य परिक्षणमा विवादित बनेको सूचना पाउँछौं, तुरुन्तै उक्त आर्टिकल सेयर गरेका व्यक्तिहरुलाई नोटिफिकेसन पठाउँछौं,’ फेसबुककी एक डिजाइनर टेस्सा लियोन्सले एउटा ब्लगमा लेखेकी छिन् ।

आलोचकहरुले बताउँदै आएका छन् कि यदि सामाजिक सञ्जालहरुले झूटो समाचार र प्रोपोगाण्डाहरु फैलनबाट रोक्न सकेनन् भने तिनीहरुलाई सरकारले नियन्त्रण गर्नुपर्छ ।

‘फेसबुकले यसलाई प्लेटर्फमको रुपमा भन्दा प्रकाशकको रुपमा काम गर्नलाई परिरहेको दबाबमा रेस्पोन्स गर्न खोजिरहेको छ,’ यूनिभर्सिटी अफ केन्टका पत्रकारिता प्रोफेसर टिम लुकहस्र्टले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment