Comments Add Comment

राखेप च्याम्पियनसिप महिला फुटबलमा एपीएफ भर्सेस आर्मी (लाइभ)

फाइल तस्वीर

२१ पुस, काठमाडौं । १६औं राष्ट्रिय महिला फुटबल अन्तर्गत आज विभागीय टोलीहरु त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लवबीच प्रतिस्पर्धा भइरहेको छ ।

राखेप च्याम्पियनसिप अन्तर्गत महिला फुटबलको समूह बी मा रहेका एपीएफ र आर्मी दुवै सुपरलिगका लागि छनोट भइसकेका छन् ।

आजको खेलमा यस समूहको बिजेता टुंगो लगाउनेछ । उपाधिका दावेदार दुई बिभागीय टोलीको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको समूह ए बाट नेपाल प्रहरी र सुदूरपश्चिम बिकास क्षेत्रको टोली क्रमसः समूह बिजेता र उपबिजेता बन्दै यसअघि नै सुपरलिगमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment