Comments Add Comment

माउरिन्होलाई ‘लिटल म्यान’ भन्दै कोन्टेले गरे आलोचना

२३ पुस, काठमाडौं । चेल्सीका म्यानेजर एन्टोनियो कोन्टे र म्यानचेस्टर युनाइटेडका बोस जोसे माउरिन्होबीच केही समययता घोचपेच जारी छ । पछिल्लो पटक कोन्टेले माउरिन्होलाई ‘अ लिटल म्यान’ (सानो मान्छे) संज्ञा दिएका छन् ।

यसअघि माउरिन्होले कोन्टेमाथि व्यंग्य गर्दै आफू ‘म्याच फिक्सिङका लागि कहिल्यै निलम्बित नभएको’ भनेका थिए ।

पि्रमियर लिग आउनु अघि युभेन्टसको प्रशिक्षक रहेका कोन्टे इटालियन सिरी एमा म्याच फिक्सिङको रिपोर्ट गर्न असफल भएको आरोपमा सन् २०१२-१३ को सिजनमा चार महिना निलम्बनमा परेका थिए । यद्यपि २०१६ मा कोन्टेलाई यस मामलामा अदालतले सफाई दिएको थियो ।

‘मलाई लाग्छ, जब यस प्रकारका टिप्पणीहरु हुन्छन्, जब तपाईं अर्को व्यक्तिमाथि लान्छना लगाउने गरी टिप्पणी गर्नुहुन्छ तर तपाईंलाई सत्य थाहा हुँदैन भने तपाइर्ं एउटा सानो मान्छे हो,’ एफए कपको तेस्रो राउन्डमा नोरभिच सिटीसँग चेल्सीले गोलरहित बराबरी खेलेपछि कोन्टले भनेका छन् ।

अरु के भने कोन्टले ?

शनिबार दिएका अनगिन्ती अन्तरवार्ताहरुमा कोन्टले बारम्बार माउरिन्होलाई ‘सानो मान्छे’ संज्ञा दिइरहे ।

उनले बीबीसी रेडियो ५ लाइममा भने, ‘युनाइटेडविरुद्धको खेल कहिले छ ? हामी कोठामा भेट्न सक्नेछौं र यी टिप्पणीहरुबारे व्याख्या गर्न सक्नेछौं । मलाई थाहा छैन उनी मलाई कोठामा भेट्न तयार छन् कि छैनन्, जहाँ केवल उनी र म हुनेछु ।’

‘म (टिप्पणीहरुबाट) अचम्भित छैन । उनी भुल्ने रोगबाट ग्रस्त भएकाले बोल्नुभन्दा अगाडि राम्रोसँग सोच्नुपर्छ,’ कोन्टले थपे ।

चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका मायरिन्होबारे कोन्टले निरन्तर बालिरहेका छन् र इटलीमा के भएको थियो भनेर वर्णन गरिरहेका छन् ।

‘यो सत्य हो कि म्याच फिक्सिङको रिपोर्ट गर्न असफल भएकोमा स्पोर्टिङ जस्टिसद्वारा मलाई चार महिना प्रतिवन्ध लगाइएको थियो,’ ४८ वषर्ीय कोन्टले भने, ‘मैले अदालतमा पुनरावेदन गरेँ र अदालतले यो सजायलाई ननसेन्स भनेर घोषणा गरिदियो ।’

‘तपाईंले यस प्रकारको टिप्पणी गर्नुभन्दा अगाडि निकै सचेत हुनुपर्छ किनकी तपाईंले आफूल्ाई सानो मान्छे देखाउँदै हुनुहुन्छ,’ उनले अगाडि थपे ।

‘उनी विगतका धेरै परिस्थितिहरुमा सानो मान्छे थिए । उनी वर्तमानमा पनि सानो मान्छे हुन् र भविश्यमा पनि सानो मान्छे नै रहनेछन् । म उनलाई सानो मान्छे भनेर सोच्छु र उनलाई धेरै लो प्रोफाइलको मान्छे भनेर सम्भिmन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment