Comments Add Comment

ओम र नमस्ते ग्यासमा नापतौल विभागको सिल

आवश्यक मापदण्ड पूरा नगरेको पुष्टि

२३ पुस, काठमाडौं । आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले दुई ग्यास उद्योग सिल गरेको छ ।

विभागको अनुगमन टोलीले आइतवार धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए ।

उनका अनुसार दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको थियो । हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।

त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो ।

आइतबार नै विभागले धादिङकै सुगम ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो ।

गुणस्तर तथा नापतौल विभागले पछिल्लो समय ग्यास उद्योगहरुको अनुगमन बढाएको छ । त्यसक्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा आएको पाइएपछि विभागले गत शुक्रवार काभ्रेका सागर ग्यास, सूर्य ग्यास र चण्डी ग्यासका उद्योग बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment