Comments Add Comment

यूएईबाट सांगीतिक उडान भर्ने बरालको सपना

२५ पुस, दुबई । छँदाखाँदाको नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारीका लागि बहराइन जाँदा धेरैले काँकडभिटटाका धनपति बराललाई धिक्कारेका थिए । सेनामा करिब एक दशक काम गरे पनि आर्थिक अवस्थामा चमत्कारिक सुधार नआएको ठान्दै परदेशीएका उनी हिजोआज रोजगारीकै क्रममा दुबईमा छन् ।

समय, वातावरण अनि संगतका कारण नेपाली सेनामा काम गर्दा उनले गीतसंगीतमा झुकाब देखाएका थिए ।

सेनामा रहँदा बरालले गीत नगाएको कुनै दिन थिएन । सपना त पाल्दै गएका थिए बरालले गायक बन्ने ।

सेनाका आन्तरिक कार्यक्रमहरुमा स्थापित गायकगायिकाहरुका लोकपि्रय गीतहरु उनले धेरै नै गाए ।
सेनामै हुँदा पनि साथीहरूले मनोबल नबढाएका होइनन् तर बराल स्वदेशी होइन, विदेशी माटोबाट नेपाली सांगीतिक क्षेत्रमा जबरजस्त उपस्थिति जनाउँदै छन् । यूएईबाट सांगीतिक उडान भर्ने बरालको सपना साकार बन्न लागेको छ ।

वैदेशिक रोजगारीकै सिलसिलामा दुई वर्षअघि यूएई आएका हुन् बराल । थोरै समयमा धेरै पैसा कमाउने आम सपना उनले पनि देखेका थिए ।

जीवनका करिब ३८ बसन्त पार गरेका बरालले पैसा त जसोतसो कमाए तर पैसाभन्दा महत्तवपूर्ण साथी कमाए । साथी मात्रै होइन, आत्मीय मित्र पनि कमाए ।

मात्रिका लम्साल, सनम दंगाल, असिम बाँस्कोटा, बिनिता बिमली, अशोक चापागाईं, अजित काˆले, पिया नेपाल, बिष्नुमाया दंगाल, राज निरौला जस्ता सहयोगी मित्रहरू उनले एक जिल्ला समाजको सामाजिक क्रियाकलापमा संलग्न हुने क्रममा पाएका थिए ।

झापा जिल्लाका विभिन्न गाउँ र नगरबाट श्रम गर्न आएका तिनै मित्रहरूको सपोर्ट कारण बरालको बाल्यकालको गायक बन्ने सपना पूरा हुन लागेको छ ।

बराल अाफ्नै रचना र स्वरमा सजिएको ‘कलैको पानी….’ बोलको आइटम गीत गाउन सफल भएका छन् एसियाको युरोप मानिने युएईको दुबईबाट ।

दुबईको करामामा रहेकोे स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा संगीत एरेन्ज काठमाडौंको यमन रेकर्डिङ स्टुडियोमा गायक तारावीर पाण्डेले गरेका छन् ।

पूर्वी नेपाली जनजीवनमा प्रचलित सरल र ठेट शब्दहरु रहेको उक्त गीतको म्युजिक भिडियोको छायांकन पनि दुबईमा जनवरीको पहिलो सातामा सम्पन भएको छ ।

गीतको भिडियोमा डेब्यु गर्दै छिन सुरुङा झापाकी पिया नेपालले । गायन, नृत्य र अभिनयमा विशेष दक्षता राख्ने पियाको उपस्थितिका कारण यो गीत लोकप्रियताको शिखरमा पुग्ने निर्माणपक्षको दाबी छ ।

पियालाई भिडियोमा साथ दिएका छन् बाह्रदशी झापाका मात्रिका लम्सालले । यूएईको नेपाली समुदायमा सहयोगी र मनकारी युवाको परिचय बनाउँदै गएका लम्साल विगत एक दशकदेखि युएईमा श्रमरत छन् ।

उनै लम्सालको प्रेरणा र संयोजनमा बरालले नेपाली सांगीतिक क्षेत्रमा डेब्यु गर्न लागेका हुन् । सकारात्क विचारका धनी लम्साल परदेशबाटै भए पनि नेपाली गीतसंगीतको विकासका लागि सानै भए पनि योगदान गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँछन् ।

बरालको उक्त गीतको भिडियोमा अजित काफ्ले, असिम बास्कोटालाई पनि देख्न सकिन्छ । सनम दंगालको निर्देशनमा बन्ने उक्त भिडियोको छायांकन तथा सम्पादन राज निरौलाको रहेको छ ।

असिम बास्कोटाको निर्माणमा बन्न लागेको यो भिडियोमा अशोक चापागाईं, बिनिता बिमली, विष्नुमाया दंगालले सहयोग गरेको गायक बरालले बताएका छन् ।

झापाली समाज यूएईका सदस्य गायक बराल अग्रजहरु र साथीहरुको प्रेरणा र सहयोगमा गायकको रुपमा चिनिएको सगर्व बताउँछन् ।

समाजले आफूलाई मञ्च दिएको र आत्मविश्वास बढेकाका कारण गायकका रुपमा छाउन लागेको बताउने बराल निकट भविष्यमै एक मार्मिक वियोगान्त गीत गाउने तयारीमा रहेका छन् ।

दुबई र सारजहा शहरका गगनचुम्बी महलहरु, चित्ताकर्षक पार्क, समुन्द्री कर्नेसका मनमोहक दृश्यहरु समेटिएको झापाली मोडल, गायक तथा प्राविधिकहरुको नौलो प्रस्तुति हेर्न केही दिन पर्खनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment