Comments Add Comment

अमेरिकामा देखाइयो ‘पञ्चायत’

अमेरिका । नायक सरोज खनाल अभिनित नेपाली कथानक चलचित्र ‘पञ्चायत’ को अमेरिकामा प्रदर्शन गरिएको छ ।

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर) गरिएको हो । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र लिएर कलाकार सरोज खनाल दुई वर्षपछि अमेरिका आएका हुन् ।

चलचित्र हेर्न शून्य तापक्रमको समेत पर्वाह नगरी अमेरिकामा रहेका नेपालीहरु ओइरिएका थिए । चलचित्र हेर्न उपस्थित अधिकांशको प्रतिक्रिया सरोज खनालका कारण फिल्म हलसम्म आइपुगेको भन्ने थियो ।

सुदूरपश्चिममा विद्यमान छाउप्रथाबारे बारे बनाइएको चलचित्र हो, पञ्चायत । यो चलचित्रले सनफ्रान्सिस्को शहरमा आयोजित सन फ्रान्सिस्को चलचित्र महोत्सवमा विदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको पुरस्कार जित्न सफल भएको थियो । यही चलचित्रमा अभिनय गरेकी नायिका नीता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार पाएकी थिइन् ।


चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङ्गेलल, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment