Comments Add Comment

द्वन्द्वकालमा कब्जा गरिएको जग्गा अझै फिर्ता भएन

२६ पुस, रूकुम । शान्ति स्थापना भएको १२ वर्ष पुग्नै लाग्दा पनि रुकुम पश्चिमका एक व्यक्तिको द्वन्द्वकालमा कब्जा गरिएको जग्गा फिर्ता भएको छैन ।

साविकको खोलागाउँ गाविस–४ का गोपालप्रसाद शर्माको तत्कालीन नेकपा (माओवादी)ले कब्जा गरेको जग्गा अझै पनि फिर्ता नभएको पीडितले बताएका छन् ।

विसं २०५८ सालमा तत्कालीन नेकपा (माओवादी)ले शर्माको नाममा रहेको कित्ता नंं ५८३ को एक हजार सातसय वर्गमिटर क्षेत्रफलको जग्गा कब्जा गरेको थियो । सो जग्गा त्यतिबेलादेखि नै साविक खोलागाउँका जनसरकार प्रमुख श्यामलाल दमाइले अहिलेसम्म पनि भोगचलन गरिरहेको पीडित शर्माको भनाइ छ ।

जग्गा फिर्ता गराइदिन गाविसको सिफारिश, जग्गाधनी लालपुर्जाकाका साथमा जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समितिलगायतका ठाउँमा पटक पटक निवेदन दिँदा पनि अझैसम्म जग्गा फिर्ता नभएको उहाँले दुःखेसो पोखे ।

तत्कालीन नेकपा (माओवादी)ले शर्माको दुवै आँखामा तेजाब हालिदिएर दृष्टिविहीन बनाइदिएका थिए । दुवै आँखा गुमाएका उहाँ अहिले पनि आफ्नी श्रीमतीको सहायतामा हिँड्डुल गर्नुहुन्छ । आफ्ना दुवै आँखाको दृष्टि गुमाइदिएको र कब्जा गरेको जग्गा अहिलेसम्म पनि फिर्ता नगरिदिएकामा उहाँ दुःखी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment