Comments Add Comment

आयोजक कुमारी कलेज सिक्स ए-साइड फुटबलको क्वार्टरफाइनलमा

२७ पुस, काठमाडौं । आयोजक कुमारी कलेज बिहीवार अन्तर कलेज सिक्स ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

बिहीबार भएको खेलमा विवेक आले मगरको एकमात्र गोलको सहयोगमा आयोजक कुमारी ‘ए’ ले जय देवकोटा कलेजलाई १-० हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । विवेक खेलको म्यान अफ दि म्याचसमेत चुनिए ।

त्यस्तै, टाइम्स कलेज पनि आˆनो पहिलो जीत दर्ता गर्दै प्रतियोगिताको अन्तिम ८ मा पुगेको छ ।

बिहीबारकै दोस्रो खेलमा टाइम्सले केयु सिटी कलेजलाई ३-१ ले पेनाल्टीमा पराजित गरेको हो । निर्धारित ४० मिनेटको खेलमा दुवै गोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

त्यस्तै आइडिएल कलेज ‘ए’ ले रोयल्टी ‘बी’ लाई तीन शून्यले हराउँदै क्वार्टरफाइनलमा पुग्दा विट्स एकेडेमीले पनि कोलम्बसलाई हराउँदै अन्तिम आठमा पुगेको छ ।

कुमारी इङलिस बोर्डिङ स्कुल (केब्स) को आयोजनामा भएको यस प्रतियोगितामा राजधानीका ११ कलेजका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । पाँच दिने प्रतियोगिताका सबै खेलहरु चावहिल तरकारी बजारको मैदानमा चल्ने छ ।

प्रतियोगिताको विजेताले २५ हजार पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment