Comments Add Comment

न्यानो लुगा वितरण गर्दै झापाली समाज यूएई

३ माघ, यूएई । झापाली समाज यूएई र एक्सल डेभलपमेन्ट बैंक, बिर्तामोडको संयुक्त आयोजनामा झापाका दुई विद्यालयमा अध्ययनरत करिब ८० जना विद्यार्थीहरुलाई न्यानो लुगाहरु वितरण गरिने भएको छ ।

आगामी माघ ५ गते झापा जिल्ला, गौरादह नगरपालिका-४ मा रहेको डोरामारी माध्यमिक विद्यालयमा र माघ ८ गते कचनकवल गाउँपालिका-७ मा रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत ४० विद्यार्थीहरुलाई ज्याकेट, टोपी, ट्राउजर, मफलर लगायतका न्याना लुगाहरु वितरण गर्न लागिएको हो ।

यस न्यानो लुगा वितरणमा नेपालको बिदामा रहेका झापाली समाज युएईका महासचिव अशोक चापागाई, दुबई क्षेत्रीय अध्यक्ष सनम दंगाल, सम्पर्क समितिमका पूर्व अध्यक्ष भुपाल शिवाकोटी, वीरेन्द्र थापा, सरिता मैनाली उप्रेती, उषा गौतम सापकोटा, भक्ति सेढाई, निरोज निरौला, टेकनाथ खरेल, दुर्गाप्रसाद थपलियाले आर्थिक सहयोग गर्ने भएका छन् ।

यस्तै झापाली समाजको समाजसेवी काममा सहकार्य गर्न झापामै रहेका व्यवसायीहरु पनि इच्छुक देखिएका छन् ।

सम्बन्धित विद्यालयले सिफारिस गरेका गरिब विद्यार्थीहरुलाई जाडो छल्न न्यानो लुगा खरिद गर्न राधे रिद्धिसिद्धि ज्वेलर्स, गंगासागर इन्टरप्राइजेज र राधाकृष्ण मार्वल एण्ड टायल विर्तामोडले पनि आर्थिक सहयोग उपलब्ध गराएको अभियानको नेतृत्व गरेका झापाली समाज युएई नेपाल सम्पर्क समितिका संयोजक माइनसप्लस संग्रौलाले बताए ।

एक्सल डेभलपमेन्ट बैंकले पनि युएईको सक्रिय सामाजिक संस्थाको अभियानमा सहकार्य गर्न पाउँदा गर्व लागेको बताएको छ ।

झापाली समाज यूएईका पूर्व सल्लाहकार भरत शिवाकोटी, सम्पर्क समितिका सचिव वीरेन्द्र थापा, पूर्व उपाध्यक्ष दीपक बस्नेत, झापाली समाज यूएई नेपाल सम्पर्क समितिका गणेश बुडाथोकी, तारा थापा, बिनिता सापकोटा, भक्ति सेडाई, उमेश अधिकारी, अर्जुन खरेल, तीर्थ लुइँटेल, प्रेम सेडाईको टिमले जाडोबाट विद्यार्थीहरुलाई बचाउन अभियानमा भौतिक, नैतिक तथा सबै प्रकारका सहयोग गरिरहेका छन् ।

सुरुङ्गामा रहेको कनकाई गार्मेन्टले हरेक ज्याकेटमा झापाली समाज, युएईको नाम अंकित गरेर निःशुल्क वितरण गर्ने व्यवस्था गरेको गार्मेन्टका प्रोपाइटर भरत शिवाकोटीले जानकारी दिएका छन् ।

झापाली समाज यूएई नेपाल सम्पर्क समितिका संयोजक संग्रौलाले झापाली समाजले सामाजिक विकासका लागि विगतमा गरिएका कार्यक्रमहरुको निरन्तरता स्वरुप यो अभियान सुुरु गरिएको र शुभेच्छुक दाताहरुबाट सकारात्मक सहयोग जुटिरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment