Comments Add Comment

महोत्तरीमा आगलागी, सिलाइ पसल जल्यो


४ माघ, महोत्तरी । महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स) मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पसलको बाहिरपट्टि घुर बालेको देखिएकाले घुरबाट नै आगो लागेको हुनसक्ने अनुमान रहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment