Comments Add Comment

प्रदेश प्रमुख अझै धनगढी आइ पुगेनन्, सपथमा बिलम्ब

७ माघ, धनगढी । प्रदेश प्रमुख नै आइनपुगेपछि प्रदेश ७ का सदस्यहरुको सपथ केही ढिलो हुने भएको छ ।

प्रदेशसभा सदस्यहरुको सपथ विहान ११ बजे जिल्ला समन्वय समितिको हलमा गर्ने तय भएको छ । तर, अझैसम्म प्रदेश प्रमुख नै पुगेका छैनन् ।

प्रमाणपत्र लिनका लागि काठमाडौं पुगेका प्रदेश प्रमुख मोहनराज मल्ल शनिबार धनगढी आउने कार्यक्रम थियो । तर, मौसम खराब भएका कारण विमान उडेन ।

गाडीमा हिँडेका प्रदेश प्रमुख मल्ल आइतबार बिहान १० बजेसम्म धनगढी पुगिसकेका छैनन् । एक प्रदेशसभा सदस्यका अनुसार १ बजेतिर मात्र सपथ हुने सम्भावना छ ।

धनगढी पुगेपछि मल्लले कार्यभार सम्हाल्नेछन् । लगत्तै जेष्ठ सदस्य दिव्यश्वेरी साहलाई सपथ गराउनेछन् । प्रदेशसभाका अन्य सदस्यहरुलाई साहले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment