Comments Add Comment

हेनरिक र साञ्चेज साटासाट !

७ माघ, काठमाडौं । फवार्ड एलेक्स साञ्चेज म्यानचेष्टर युनाइटेड आउँदा मिडफिल्डर हेनरिक मातिखतरियान भने आर्सनल जाने भएका छन् ।

अर्मेनियाका २८ वर्षीय मातिखतरियान आर्सनल जान सहमत भएका छन् । उनको मेडिकल भोलिसम्महुनेछ भने चिलीका साञ्चेजको आइतबार हुनेछ ।

मातिखतरियानको सम्झौताबारे केही बताइएको छ ।

आर्सनलका प्रशिक्षक आर्सेन बेङ्गरले यदि मातिखतरियान आर्सनल आए मात्र साञ्चेज युनाइटेड जाने बताएका थिए ।

साञ्चेजले शनिबारको खेल गुमाए । उनी मेडिकलका लागि युनाइटेड लागेका छन् ।

मातिखतरियान जुलाई २०१६ मा बोरुसिया डर्टमुण्डबाट युनाइटेड आएका तिए र ६३ खेल खेलेका छन् । २०१४ मा बार्सिलोनाबाट आर्सनल आएका साञ्चेजले भने १६६ खेल खेलेका छन् र ८० गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment