Comments Add Comment

ओली र मोदीबीच टेलिफोन वार्ता, प्रधानमन्त्रीका लागि मोदीले दिए शुभकामना

७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।

प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका अधिकारीले उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रम्ाणको निमन्त्रणा दिएका छन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment